दाेहाेराे अंकले घट्याे सेयर बजार, ७ अर्ब ८५ करोडमा खुम्चियाे काराेबार
काठमाडाैं, १० माघ । साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । लगातार ४ दिन बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ११. १० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा झरेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज विकास बैंक र निर्माण र प्रशोधन समुहका उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । यसदिन फाइनान्स समुहका उपसूचक सर्वाधिक २.४३ प्रतिशतले घटेकाे छ ।
बजार घटेको दिन सामुदायिक लघुवित्त, कर्पोरेट विकास बैंक र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।