राष्ट्रिय वाणिज्य बैंककाे ६० औं वार्षिकाेत्सव सम्पन्न, तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन अर्थमन्त्रीको सुझाव

काठमाडाैं, १० माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे ६० औं वार्षिकाेत्सव सम्पन्न भएकाे छ । बिहिबार आयोजित बैंककाे वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न परिणाममुखी काम भइरहेको दाबी गरेका छन्।सरकारमा रहेर औसत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफूहरू नभएको भन्दै उनले दुरगामी महत्वका उपलब्धि हासिल गर्ने गरि काम गर्ने स्पष्ट पारे ।
यस्तै अर्थतन्त्र क्षेत्रलाई तीव्रतर रुपमा अघि बढाउन नै सरकारले अध्यादेश ल्याएको भन्दै उनले बैंकहरुमा देखिएको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनलाई पुँजीको आकार परिवर्तन (क्यापिटल रिस्ट्रक्चर ) गर्ने गरि अघि बढ्न सुझाव दिएका छन् । सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएको भन्दै उनले सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएको भन्दै उनले क्यापिटल रिस्ट्रक्चर गर्ने गरि अघि बढे राष्ट्र बैंक र सरकारले सहयोग गर्ने बताए ।
यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुसाशनको कमी भएर समस्या परे त्यसलाइ राष्ट्र बैंकले कारवाही गर्ने चेतावनी समेत दिए।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए । उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको बताएका छन् । यद्यपि, विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका सङ्केतहरू देखिन थालेको उनको भनाइ छ। वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ्ग क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले बताए।
उनले यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरु मार्फत समस्त देसबासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरु ल्याएकाे बताए।
बैंकले प्रविधिमा आधारित बैंकिङ्ग सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सेवालाई प्राथमिकताका साथ अगाडि बढाईरहेको छ । एनसिएचएलद्वारा २०७९÷०८० मा सबैभन्दा बढी डिजिटल कारोवार गर्ने बैंकका रुपमा यस बैंकलाई सम्मान गरिएको थियो भने सोहि संस्थाबाट २०८०÷०८१ मा Special Recognition for Digitizing Government Transaction-2080/81 बाट सम्मानित भएको थियाे ।
२०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । २०८१ पौष मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको छ ।
यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आयोजना गरिएको छ । आज भन्दा ६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।