चालु आर्थिक वर्षको ६ महिनामा करिव ११ प्रतिशतले बढ्याे भन्सार राजस्व
![चालु आर्थिक वर्षको ६ महिनामा करिव ११ प्रतिशतले बढ्याे भन्सार राजस्व](https://arthakoartha.com/wp-content/uploads/2025/01/New-Project.webp)
काठमाडाैं, १४ माघ । चालु आर्थिक वर्षको ६ महिनामा भन्सार विभागले २ खर्ब २६ अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले यस अवधिमा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको हाे । ६ महिनाकाे अवधिमा विभागले २ खर्ब ८० अर्ब २९ करोड रुपैयाँ राजश्व संकलनकाे लक्ष्य राखेकाे थियाे ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संकलित राजश्वको १०.९० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पुससम्म विभागले २ खर्ब ४ अर्ब १६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यस अवधिमा विभागले संकलन गरेको कुल राजश्वमध्ये भन्सार महसुल शीर्षकमा १ खर्ब ९ अर्ब २२ करोड, अभिवृद्धि करतर्फ ९३ अर्ब १७ करोड, अन्तशुल्कतर्फ २२ करोड ६० लाख र हरित कर शीर्षकमा १ अर्ब ४८ करोड रुपैयाँ संकलन भएकाे छ ।
अघिल्लो वर्ष भन्सार महसुल शीर्षकमा ९६ अर्ब ५२ करोड, मूल्य अभिवृद्धि करतर्फ ८९ करोड २४ लाख, अन्तशुल्कतर्फ १८ अर्ब ४० करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।