यस्ताे छ विगत पाँच वर्षमा नेपालको वैदेशिक व्यापारकाे अवस्था, आयात ३ खर्ब ९५ अर्बले बढ्दा निर्यात ५४ अर्ब ६७ कराेडले बढ्याे
![यस्ताे छ विगत पाँच वर्षमा नेपालको वैदेशिक व्यापारकाे अवस्था, आयात ३ खर्ब ९५ अर्बले बढ्दा निर्यात ५४ अर्ब ६७ कराेडले बढ्याे](https://arthakoartha.com/wp-content/uploads/2024/05/export.jpg)
काठमाडाैं, १४ माघ । नेपालको व्यापार घाटा पछिल्ला पाँच वर्षमा निरन्तर बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा १०९९ अर्ब रहेको व्यापार घाटा २०८०/८१ मा आइपुग्दा १४ खर्ब ४० अर्ब पुगेको छ । यो पाँच वर्षको अवधिमा व्यापार घाटा ३४१ अर्बले अर्थात् ३१ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ८० कराेड रूपैयाँ बराबरकाे आयात हुँदा ९७ अर्ब ७१ कराेड रूपैयाँ बराबरकाे वस्तु निर्यात भएकाे थियाे । यस अवधिमा मुलुककाे कुल वैदेशिक व्यापार १२ खर्ब ९४ अर्ब ५१ कराेड रूपैयाँकाे हुँदा व्यापार घाटा १० खर्ब ९९ अर्ब ९ कराेड रहेकाे थियाे।
आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८४ कराेड रूपैयाँ बरावरकाे वस्तु आयात हुँदा १ खर्ब ४१ अर्ब १२ कराेड रूपैयाँ बराबरकाे वस्तु निर्यात भएकाे थियाे । यस अवधिमा मुलुककाे वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ कराेड थियाे भने व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ कराेड रहेकाे थियाे ।
आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ कराेड रूपैयाँ बरावरकाे वस्तु आयात हुँदा २ खर्ब ३ कराेड रूपैयाँ बराबरकाे वस्तु निर्यात भएकाे थियाे । यस अवधिमा मुलुककाे वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ कराेड थियाे भने व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ कराेड रहेकाे थियाे ।
आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ कराेड रूपैयाँ बरावरकाे वस्तु आयात हुँदा १ खर्ब ५७ अर्ब १४ कराेड रूपैयाँ बराबरकाे वस्तु निर्यात भएकाे थियाे । यस अवधिमा मुलुककाे वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ कराेड थियाे भने व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ कराेड रहेकाे थियाे ।
आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा १५ खर्ब ९२ अर्ब ९९ कराेडकाे आयात हुँदा १ खर्ब ५२ अर्ब ३८ कराेडकाे निर्यात भएकाे थियाे । यस अवधिमा मुलुककाे वैदेशिक व्यापार १४ खर्ब ४५ अर्ब ३६ कराेड थियाे भने व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० कराेड रहेकाे थियाे ।
आर्थिक वर्ष २०७६/७७ मा १२९४.५१ अर्ब रुपैयाँको कुल व्यापार भएकोमा २०८०/८१ मा बढेर १७४५.३६ अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनमा अनुपातमा निर्यातकाे अंश २.७ प्रतिशत, आयातकाे अंश २७.९ प्रतिशत, कुल व्यापारकाे अंश ३०.६ प्रतिशत र व्यापार घाटा २५.३ प्रतिशत रहेकाे छ ।