आज एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी
काठमाडाैं, १८ माघ । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । बिहिबार ताेलामा १०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको छ ।
पाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।