विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् – मन्त्री खड्का

काठमाडौं, ३० जेष्ठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताएका हुन् ।
उनले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत रहेकाले यसको गलत सम्प्रेषण नगर्न आग्रह गरे । उनले मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनि रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज लिने तयारी मन्त्रालयले गरिरहेको दाबी गरे । उनले सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक रहेको औंल्याए ।
मन्त्री खड्काले भने,‘खर्बौंको राजस्व प्राप्त हुन्छ । लक्ष्य एकातिर हामी अर्को तिर लागि रहेका छौँ । त्यसैले लक्ष्यलाई पछ्याउनु पर्नेछ । विशेषगरि ज्यालादारी गर्ने व्यक्तिलाई बढी सेवा दिनु पर्छ भनेर कानुन ल्याइएको हो । जनताले गरेका समस्याका समाधान गराउन कर्तव्यतिर ध्यान दिन आवश्यक छ । विद्युत कसरी प्रवाह गर्न सकिन्छ त्यसप्रति ध्यान दिन जरुरी छ । सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक छ ।’
‘उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत हो । सुरक्षित स्रोत माथिको अधिकार हरेक नागरिकको हुनुपर्छ । मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनि रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज दिनेगरी तयारी मन्त्रालयले गरिरहेको छ । विद्युतीय क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक छ,’ उनले भने ।