Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकारविरुद्ध कांग्रेस आक्रामक बन्दै, सडक आन्दोलनको घोषणा

सरकारविरुद्ध कांग्रेस आक्रामक बन्दै,  सडक आन्दोलनको घोषणा

काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आक्रमक बन्दै गएको छ । सरकार अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप उत्रिएको निश्कर्ष निकाल्दै कांग्रेसले सडक र सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको छ ।

आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीको बैठकले  यस्तो निर्णय गरेको पार्टी प्रबक्ता विश्व प्रकाश शर्माद्धारी जारि विज्ञाप्तिमा जनाइएको छ ।  कांग्रेसल सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापविरुद्ध ३ साउनबाट तीन दिन उपत्यका र १५ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

पहिलो चरणको संघर्ष चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गराउनतर्फ र दोस्रो चरणको आन्दोलन सरकारको अधिनायकवादी प्रवृत्तिविरुद्ध गरिने कांग्रेसले बताएको छ ।

जस अनुशार ३, ५ र ८ साउनमा दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा, ५ गते तरुण दलको अगुवाइमा र ८ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिको अगुवाइमा विरोध प्रदर्शन गरिने कांग्रेसले निर्णय गरेको हो ।

यस्ता छन् बिरोधका शैली कार्यक्रम

३ साउनः प्राध्यापक र चिकित्सकको अगुवाइमा प्रदर्शन

५ साउनः तरुण दलको अगुवाइमा प्रदर्शन

८ साउनः काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदर्शन

१५ साउनः देशभर प्रदर्शन

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x