सुनको भाउ प्रतितोलामा १ लाख ६९ हजार ६०० पुग्यो

काठमाडाैं, २८ माघ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे भाउ साेमबार प्रतिताेला १ हजार ४०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।हिजाे छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ।