Date

मङ्ल, माघ २९, २०८१
Tue, February 11, 2025

नेप्सेमा १०.९८ अंकको गिरावट, ६ अर्ब ९६ करोडकाे काराेबार

नेप्सेमा १०.९८ अंकको गिरावट, ६ अर्ब ९६ करोडकाे काराेबार

काठमाडाैं, २८ माघ । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.९८ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४२ प्रतिशतले घटेर २ हजार ६ सय ७७ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ६ अर्ब ९६ करोड २ लाख ९२ हजारमा कारोबार भएको छ । आइतबार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ७७ कम्पनीको सेयर मुल्य बढेको छ भन १६१ वटाको घटेको छ । यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन न्यादि हाइड्राेपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिपब्लिक मिडियाकाे सेयर मुल्य ८.८४ प्रतिशतले बढेको छ ।

यस्तै आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र उपकार लघुबित्त बित्तिय संस्थाकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

आज अन्य र ट्रेडिंग समूह बाहेक सबै समूहका उपसुचकहरू घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x