पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङमा खुल्याे एभरेष्ट बैंकको १३०औँ र १३१ औँ शाखा

काठमाडाैं, १० फागुन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ र पाँचथरको फिदिममा एभरेष्ट बैंक लिमिटेडको नयाँ शाखा खुलेको छ । एभरेष्ट बैँकको १३० औं शाखा पाँचथरको फिदिममा र १३१ औं शाखा ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुलेको हो ।
फिदिम शाखाको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गरेका थिए भने फुङ्लिङ शाखाको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले गरेका थिए।
फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१आौँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन्।विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।