डा. केसीको जीवन रक्षाका लागि आक्समिक सेवा वाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलनमा
काठमाडौ,३ असार । चिकित्सा शिक्षा सुधारको माग राखि जुम्लामा अनशनरथ डाक्टर गोविन्द केशीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आजबाट देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्दै छ । डा गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउँदै संघले सरकारलार्इ माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो जुन समय सीमा सकिएसँगै संघ बाध्य भएर आक्समिक सेवा वाहेक अन्य सेवा ठप्प पारी आन्दोलमा उत्रिएको हो ।
संघले आजबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको महासचिव डा लोचन कार्कीले जानकारी दिए।
‘असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनशनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ती अपिल गर्दा समेत डा.केसीको जीवनरक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको नेपाल चिकित्सक संघको ठहर छ’, संघद्वार अाज सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने एवं माइतिघर मण्डलामा दिउसो १२ बजे भेला हुने निर्णय भएको छ।’ संघको यो निर्णयमा सरकारी चिकित्सक संघले समेत एक्यबद्धता जनाएको छ।