Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वैदेशिक लगानी प्रतिवद्धता २६६ प्रतिशत बढ्यो

वैदेशिक लगानी प्रतिवद्धता २६६ प्रतिशत बढ्यो

काठमाडौं, ३ साउन । गत आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिवद्धतामा उल्लेख्य वृद्धि भएको छ । उद्योग विभागका अनुसार लगानी प्रतिवद्धता २६६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४–७५ मा ५५ अर्ब ६४ करोड रुपैँयाको लगानी प्रतिवद्धता आएको छ, यस्तो लगानी प्रतिवद्धता त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा १५ अर्ब २१ करोड रुपैँया थियो । यद्योग विभागले २ अर्ब रुपैँयासम्मको विदेशी लगानी स्वीकृत गर्छ, त्यसभन्दा माथि १० अर्ब रुपैँयासम्म उद्योगमन्त्रीले नेतृत्व गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड तथा १० अर्ब रुपैंँयाभन्दा माथि लगानी बोर्डबाट स्वीकृत गर्नुपर्ने हुन्छ ।
उद्योग विभाका महानिर्देशक शिवराम न्यौपानेले देशमा स्थिर सरकार तथा लगानी सम्बन्धि कानूनहरु निर्माणका कारण लगानीको प्रतिवद्धतामा वृद्धि भएको बताए । अघिल्लो वर्ष विशेष आर्थिक क्षेत्र सम्बन्धि कानून अनुमोदन हुनुका साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीति संशोधन भई ऐन बन्ने क्रममा रहेको छ । यसबाहेक उद्योग र लगानी सम्बन्धि दर्जनौं कानूनहरुमा सुधार गरिएको छ । कम्पनी ऐन, खानी तथा खनिज ऐन लगायतका ऐन संशोधन भएका छन् । सबैभन्दा बढी लगानी ६ ओटा उर्जा परियोजनाका लागि प्राप्त भएको छ ।
उर्जाका ६ परियोजनाका लागि ३६ अर्ब २५ करोड रुपैँया वैदेशिक लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, उत्पादनसम्बन्धि ६६ परियोजनाका लागि ६ अर्ब ७७ करोड रुपैँया वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । त्यसैगरी, पर्यटनका १५६ परियोजनाका लागि ४ अर्ब १२ करोड रुपैँया वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने खनिजसम्बन्धि ३ परियोजनाका लागि ३ अर्ब ८० करोड, सेवामूलक ११८ परियोजनाका लागि २ अर्ब २३ करोड, कृषि तथा वनजन्य २० परियोजनाका लागि एक अर्ब ९४ करोड तथा सूचना प्रविधिसम्बन्धि २६ परियोजनाका लागि ५३ करोड ७८ लाख रुपैँया लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x