Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

विद्युत प्राधिकरणको ठूलो आम्दानीः ७० अर्ब कमाई, १९ अर्ब नाफा

विद्युत प्राधिकरणको ठूलो आम्दानीः ७० अर्ब कमाई, १९ अर्ब नाफा

काठमाडाैं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले बिजुली बिक्रीबाट कुल ५३ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत बिक्री, ब्याज तथा अन्यान्य स्रोतबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा विद्युत खरिद, प्रशासनिक खर्च तथा विभिन्न योजनामा ५१ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म १९ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरिएको छ ।

विद्युत खरिदतर्फ प्राधिकरणले नेपालका सार्वजनिक तथा निजी उत्पादक कम्पनीहरूलाई ३८ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । भारतबाट आयात गरिएको २४ करोड २० लाख युनिट विद्युतका लागि ३ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, भारतलाई ३ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरिएको छ । सरकार तथा वैदेशिक सहायता प्राप्त बजेटअन्तर्गत विभिन्न योजनामा १३ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गत वर्ष १८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणले यस वर्ष उल्लेख्य सुधार गर्दै नाफा आर्जन गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *