कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नाेस्टिक क्लिनिक प्रा.लि बिच सम्झाैता

काठमाडाैं, १९ फागुन । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडाैं स्थित टेस्ला डायग्नाेस्टिक क्लिनिक प्रा.लि बिच कुमारी बैंक लिमिटेडकाे ग्राहक महानुभावहरूलाइ साे क्लिनिक प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झाैता भएकाे छ । यस सम्झाैता बमाेजिम क्लिनिकबाट प्रदान गरिदै आएका सेवाहरूमा ग्राहकहरूलाइ प्यथाेलाेजी टेस्टमा १० प्रतिशत MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour, Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG) and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५ प्रतिशत तथा फार्माेसीमा ५ प्रतिशत देखि १० प्रतिशत सम्मकाे छुट दिने सम्बन्धमा सम्झाैता भएकाे छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै अाएकाे कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाइ अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेकाे छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएकाे छ ।