Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

१३.६२ अंकले घट्याे नेप्से, १४ अर्ब २८ करोडकाे काराेबार

१३.६२ अंकले घट्याे नेप्से, १४ अर्ब २८ करोडकाे काराेबार

काठमाडाैं, १९ फागुन । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.६२ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४७ प्रतिशतले घटेर २ हजार ८ सय ७६ बिन्दुमा पुगेको छ ।

यस दिन ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजारमा कारोबार भएको छ । आइतबार २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५  करोड ४ लाख ७५ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ५१ कम्पनीको सेयर मुल्य बढेको छ भन १८७ वटाको घटेको छ । यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दिब्यश्वरी हाइड्राेपावरकाे सेयर मुल्य ९.४५ प्रतिशतले बढेको छ ।

यस्तै आज समाज लघुबित्त बित्तिय संस्थाकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x