Date

सोम, असार २, २०८२
Mon, June 16, 2025

निष्क्रिय कर्जाको सीमा बढाउँदै राष्ट्र बैंक, चार बैंक लाभान्वित हुने

निष्क्रिय कर्जाको सीमा बढाउँदै राष्ट्र बैंक, चार बैंक लाभान्वित हुने

काठमाडाैं, १९ फागुन । नेपाल राष्ट्र बैंकले निक्षेप संकलनको प्रावधानमा लचकता अपनाउँदै निष्क्रिय कर्जाको सीमा बढाएको छ । यसअघि निष्क्रिय कर्जाको सीमा ५ प्रतिशत रहेकोमा अब ८ प्रतिशत पुर्‍याइएको छ । यो निर्णयबाट चार बैंक लाभान्वित हुने भएका छन् । सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप बोलकबोलमा सहभागी हुन पाउनेको न्यूनतम मापदण्ड परिमार्जन गरिएको हो । यसअघि राष्ट्र बैंकको निक्षेप बोलकबोलमा सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो । अहिले यसलाई परिमार्जन गरेर ८ प्रतिशत पुर्‍याइएको छ ।

पुस मसान्तको त्रैमासिक विवरण अनुसार कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात ६.९६ प्रतिशत छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत निष्क्रिय कर्जा रहेको सम्बन्धित बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । पुरानो व्यवस्था कायम गर्दा यी बैंकहरु निक्षेप बोलबकोलमा सहभागी हुन पाउने अवस्था थिएन ।

नयाँ प्रावधानमा ग्रस एनपीएलको सीमा बढाएपछि नेट एनपीएलको प्रावधान भने थप गरिएको छ । यस अनुसार यस्तो प्रतिस्पर्धामा सहभागिता जनाउन खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतको सीमामा हुनुपर्ने व्यवस्था गरिएको छ । यी बैंकहरुले खुद निष्क्रिय कर्जाको विवरण भने सार्वजनिक गरेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *