Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

अन्ततः भूमि सम्बन्धी अध्यादेश स्थगित गर्दै सरकार, पाँच अध्यादेश स्वीकृतिका लागि अघि बढाउने सहमति

अन्ततः भूमि सम्बन्धी अध्यादेश स्थगित गर्दै सरकार, पाँच अध्यादेश स्वीकृतिका लागि अघि बढाउने सहमति

काठमाडाैं, २० फागुन । सरकारले भूमि सम्बन्धी अध्यादेश स्थगित गर्ने भएको छ । सरकारले जारी गरेका ६ अध्यादेश मध्ये ५ वटा अध्यादेश स्वीकृतिका लागि अघि बढाउने सहमति भएकाे छ भने भूमि सम्बन्धी अध्यादेशमा अझै अध्ययन गर्नु पर्ने भन्दै यसलाइ स्थगित गर्ने निर्णयमा सत्तारुढ दलहरु पुगेका हुन् ।

जनता समाजवादी पार्टी, नेपाल भूमि सम्बन्धि अध्यादेश बाहेकमा समर्थन जनाउन लचिलो भएपछि सत्ता पक्षले बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभाको कार्यसूचीमा राख्ने तयारी भएको हो।

नेकपा एमालेमा प्रमुख सचेतक महेस बर्तौलाका अनुसार भूमि सम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत गराउनेगरी पेश गरिने छ । उहाँले भूमि सम्बन्धी अध्यादेशको विरोध गरिरहेको सत्तारुढ दल जनता समाजवादी पार्टीले पनि पाँच अध्यादेश पास गर्न सहमति जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *