आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार १४ सय रुपैयाँले बढ्यो

काठमाडाैं, २० फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।