सुनकाे नयाँ रेकर्ड: ताेलामा १ लाख ७५ हजार २ सय रूपैयाँ पुग्याे!

काठमाडाैं, ५ चैत्र । मंगलबार नेपाली बजारमा सुनकाे मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेकाे छ । साेमबार स्थिर रहेकाे सुनकाे मूल्य आज ताेलामा १ हजार १ सय रूपैयाँले बढेकाे छ ।
नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मैगलबार छापावाला सुन १ लाख ७५ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार छापावाला सुन १ लाख ७४ हजार १ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, चाँदी २ हजार ५० रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएकाे थियाे ।