Date

बुध, चैत्र ५, २०८१
Wed, March 19, 2025

बर्ली एयर कूलर नेपालमा भव्य रूपमा लन्च

बर्ली एयर कूलर नेपालमा भव्य रूपमा लन्च

काठमाडौं, ५ चैत्र । भारतको अग्रणी उपकरण निर्माता बर्ली होम एप्लायन्सले नेपालमा १७ आधुनिक एयर कूलरहरूको आफ्नो नयाँ शृङ्खला सार्वजनिक गरेको छ । काठमाडौंको भिवान्ता होटलमा एक भव्य कार्यक्रमको आयोजना गरी नयाँ शृङ्खला लन्च भएकाे हाे ।

कार्यक्रममा प्रमुख व्यापार साझेदार, मिडियाकर्मी र वितरण सञ्जालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा उत्पादनहरूको अनावरण गरेका थिए।

बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपाली बजारका लागि डिजाइन गरिएका उत्पादनहरूको विशेषता र कम्पनीको भविष्यको योजनाबारे जानकारी गराए। बर्लीले नेपाली बजारमा सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ ।

यो सहकार्यले नेपाली ग्राहकहरूलाई उच्च गुणस्तर, किफायती र प्रयोगकर्ता-मैत्री उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

बर्ली एयर कूलरहरू सरल, किफायती र उच्च मूल्य प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा बर्लीको गुणस्तर, नवीनता र नेपाली बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई जोड दिइएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x