Date

मङ्ल, चैत्र ४, २०८१
Tue, March 18, 2025

गुठी ऐनलाई धेरै चलाउँदैनौं, केही बुँदामात्र संशोधन हुन्छ : मन्त्री अधिकारी

गुठी ऐनलाई धेरै चलाउँदैनौं, केही बुँदामात्र संशोधन हुन्छ :  मन्त्री अधिकारी

काठमाडाैं, ५ चैत्र। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुँदा नचलाईकन दुई चारवटा बुँदा मात्र संशोधन गरेर लानुपर्ने बताएका छन् ।

मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसँग छलफल अगाडि बढाउन बाँकी रहेको जानकारी दिएकाहुन् ।

उनले भने, ‘अव गुठीऐनलाई धेरै बुँदा नचलाईकन दुईचार वटा बुँदा मात्र संशोधन गरेर लानुपर्छ भन्ने पक्षमा हामी छौ । ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसंग छलफल अगाडि बढाउन बाँकी छ । यसलाई कति छिटो लान सकिन्छ भन्ने कुरा सरकारले अगाडि बढाएपछि धेरै प्रक्रियाहरु हुन्छन् ।’
उनले विधेयक बनाउने, कानून बनाउने, पास गर्ने काम सरकारको भएको भन्दै गुठीले सुझावमात्र दिने बताए ।

‘गुठीले आफ्नो सुझाव दिने हो विधेयक बनाउने होइन । विधेयक बनाउने, कानून बनाउने, पास गर्ने सरकारले नै हो । हामी समिति हौं । गुठीले कामगर्न जनशक्तिको अभाव हुन सक्छ, हामीले चाहेका कुराहरु नभएको हुनसक्छ,’ उनले भने ।

उनले अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोज्दा समस्या हल हुन नसकेको पनि बताए ।
उनले भने, ‘अहिले हामीले स्वर्गद्धारी गुठीको मात्र समस्याहल गर्ने भनेर पेश गर्यौं । त्यो पनि सम्भव भएन । अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोजेको त्यो पनि समस्या हल हुन सकेन् ।’

आजको समितिमा नेपालको बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगति लगायतका विषयमा भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयसँग छलफल गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x