Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

औद्योगिक क्षेत्रकाे लोडसेडिङ समाधानका लागि तत्काल कदम चाल्न महासंघको आग्रह

औद्योगिक क्षेत्रकाे लोडसेडिङ समाधानका लागि तत्काल कदम चाल्न महासंघको आग्रह

काठमाडौं, ७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटक-पटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समाधानका लागि सरकारसँग आग्रह गरेको छ ।

पछिल्लो समय, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरुमा १२ घण्टासम्मको अनियमित तथा अग्रीम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको महासंघको भनाई छ ।

नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरुको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादनमा भारी गिरावट आएको महाुसंघले जनाएको छ । बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरुमा क्षति पुर्याउँदा मर्मतसम्भार र प्रतिस्थापनमा उद्योगहरुले ठूलो आर्थिक भार व्यहोरिरहेको पनि महासंघले जनाएकाे छ ।

यस्ता व्यवधानहरुले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीनरुपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको भन्दै महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

साथै, दीर्घकालीनरुपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन पनि आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x