Date

आइत, चैत्र ९, २०८१
Sun, March 23, 2025

मोबाइल आयातमा बृद्धि: आठ महिनामा २२ अर्ब रुपैयाँ बराबरको मोबाइल भित्रियो

मोबाइल आयातमा बृद्धि: आठ महिनामा २२ अर्ब रुपैयाँ बराबरको मोबाइल भित्रियो

काठमाडाैं, ८ चैत्र । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा झन्डै २२ अर्ब रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको मोबाइल आयात भएको छ।

फागुन मसान्तसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट नेपाल भित्रिएको छ। यसबाट सरकारले ३ अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा चीन, भारत, अमेरिका, युएई, क्यानाडा, जापान, कोरिया, भियतनाम लगायतका देशहरूबाट मोबाइल आयात हुने गरेको छ। तीमध्ये चीन र भारतबाट सबैभन्दा धेरै मोबाइल भित्रिएको छ।

भन्सार विभागका तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै १५ अर्ब ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरका ११ लाख ७ हजार ८३ सेट मोबाइल आयात भएका छन्। त्यस्तै, भारतबाट ६ अर्ब ३९ करोड ९ लाख ६५ हजार रुपैयाँ बराबरका मोबाइल सेट नेपाल भित्रिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x