Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

सुन–चाँदीको मूल्यमा गिरावट, प्रतितोलामा हजार रुपैयाँसम्मको कटौती

सुन–चाँदीको मूल्यमा गिरावट, प्रतितोलामा हजार रुपैयाँसम्मको कटौती

काठमाडौं, ८ चैत्र । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार उक्त मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ, जसले बिहीबारको तुलनामा प्रतितोलामा ३५ रुपैयाँको गिरावट देखिएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *