Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

काठमाडाैं, ८ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड मा संचालनमा ल्याएको यो संगै बैंकको २०० वटा शाखाहरु संचालनमा आएका छन् नयाँ शाखाको संचालन सँगै कोशी प्रदेशमा संचालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको आज मिति २०८१ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको शुरुवात गरिएको । 

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुयाउने लक्ष्य बैंकले राखेको छ नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको । 

नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड मा संचालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्यूटर प्रिन्टर सहयोग उपलब्ध गराएको विद्यालयमा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरे समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । 

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड( भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन CRN नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., विस्तारित काउन्टर ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x