Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रतिवद्धताको तीन बर्ष पछि पुन: निर्माणका लागि भारतको २ अर्ब सहयोग

प्रतिवद्धताको तीन बर्ष पछि पुन: निर्माणका लागि भारतको २ अर्ब सहयोग

काठमाडौ,१२ साउन ।  भारत सरकारले १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका सहयोग गर्ने प्रतिवद्धता गरेको तीन बर्ष पछी  सहयोगको पहिलो किस्ता नेपाललाई हस्तान्तरण गरेको छ ।  २ ५ अर्व अनुदान रकम दिने प्रतिवद्धता गरेको भारतले पहिलो किस्तबापत २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो ।

भारतीय राजदूत मञ्जिभसिंह पुरीले चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरेका हुन भारतले उपलब्ध गराएको पहिलो किस्ताको रकम नुवाकोट र गोरखामा व्यक्तिगत आवास निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकरी दिनु भयो ।

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब रुपैयाँ अनुदानको हिस्सा हुने भनिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको थियो ।

‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ७ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । स्रोत जुटाउन सरकारले १० असार २०७२ मा दाताहरू बोलाएर ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा द्विपक्षीय र बहुपक्षीय साझेदार तथा दातृ निकायबाट ४ खर्ब ४० अर्बको सहायता उपलब्ध गराइने प्रारम्भिक प्रतिबद्धता प्राप्त भए  प्रतिवद्धता अनुशार भारतले रकम दिएको थिएन ।

सम्मेलनमा एसियाली विकास बैंकले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, चीनले ४८ अर्ब ९६ करोड, जापानले २६ अर्ब र संयुक्त राज्य अमेरिकाले १३ अर्ब सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सहयोगको प्रतिवद्धता गर्नेमध्ये विश्व बैंक, एसियाली विकास बैंक, चीन, अमेरिकाले प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराइरहेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x