Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाई गर्दैं प्रधानमन्त्री

मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाई गर्दैं प्रधानमन्त्री

काठमाडौं,१२ साउन ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिने र कोही कसैलाई पनि छुट नदिइने बताएका  छन् । नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले मितव्ययी नीतिअनुसार मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरिएको बताए । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशि खर्च हुने गरेको तर त्यसबाट उपलब्धि शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“गत वर्ष मन्त्रालयगतरुपमा कति कर्मचारी विदेश गएका छन्, त्यसबापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु”, प्रधानमन्त्री ओलीले भने, “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा गरिन्छ ।”प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि विदेश भ्रमण र खर्चमा कडाइ गरेको बताए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्रीको कथन थियो । महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई स्थानीय तहको समस्या समाधानमा ध्यानाकर्षण गराएको थियो ।प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिको सुरक्षाको प्रत्याभूतिलगायत १६ बँुदे ध्यानाकर्षणपत्र बुझाएको संघका संयोजक अशोक व्याञ्जुले जानकारी दिनुभयो ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x