Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिम्स्टेको तयारीमा पुर्व सम्मेलन

बिम्स्टेको तयारीमा पुर्व सम्मेलन

काठमाडौं,१२ साउन । समानता र सहकार्यमा आधारित आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ स्थापित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आउने साता काठमाडौमा पूर्वसम्मेलन हुने भएको छ ।

बिमिस्टेकको शिखर सम्मेलन हुनु अघि साउन १७ र १८ गने गर्न लागिएको पूर्वसम्मेलन गैरसरकारी संस्था इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो–इकनमिक रिसर्च’ले गर्न लागेको हो । सम्मेलनमा सबै सदस्य देशका विदेश मन्त्रालयका बहालवाला तथा सेवा निवृत्त उच्च अधिकारीले भाग लिने आयोजकले जनाएको छ ।

सम्मेलनमा बिम्स्टेक सदस्य देशका राजदूत, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत, विद्वत् वर्ग र सामाजिक–आर्थिक जीवनका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुुहुनेछ । सदस्य राष्ट्रका आर्थिक–सामाजिक विषय एवं गरिबीजस्ता जनसरोकारका मुद्दालाई लिएर संस्थाले गरेका अध्ययन प्रतिवेदन सम्मेलनपछि बिमिस्टेकको अध्यक्ष मुलुक नेपाललाई बुझाउने आयोजक ले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x