स्थानीयका लागि साउन १६ देखि  तामाकोशी आयोजनाको शेयर बिक्री खुला गरिदैं

काठमाडौं,१२ साउन ।  राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयबासीका लागि साउन १६ देखि भदौ १४ गतेसम्म शेयर बिक्री खुला गर्ने भएको छ ।

आयोजना प्रभावित दोलखाका स्थानीयवासीका  लागि १ अर्ब ५ करोड ९० लाख रुपैया बराबरको १ करोड ९० लाख कित्ता शेयर छुट्टयाएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले   स्थानीयबासीका लागि न्यूनतम शेयर उपलब्ध गराउनेछ । नेपाल धितोपत्र बोर्डसँग भएको समझदारी अनुासर हितग्राही खाता नभएका दोलखावासीलाई पनि शेयर आवेदन दिन सक्ने व्यवस्था गर्न लागिएको बोर्डका प्रवक्ता नीरज गिरी जानकारी दिनुभयो ।

शेयर आवेदकलाई सहज बनाउन काठमाडौंमा बसोबास गर्नेहरुका लागि काठमाडौंबाटै र दोलखाका स्थानीयवासीका लागि घरैमा गएर शेयर आवेदन फाराम भराउने व्यवस्था समेत गर्न लागिएको छ ।

सर्वसाधारणका लागि भने स्थानीयवासीलाई गरिने शेयर बाँडफाँडपछि बिक्री खुला गरिने आयोजनाले जनाएको छ । आयोजनाले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता साधारण शेयर छुट्टयाएको छ ।

आयोजना प्रभावितहरुले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्ता शेयर आवेदन गर्न पाउने र सर्वसाधारणतर्फ ५० देखि बढीमा १ हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *