Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अन्य देशको तुलनामा सस्तो भएपनि नेपालमा अंग प्रत्यारोपण प्रभावकारी भएन

अन्य देशको तुलनामा सस्तो भएपनि नेपालमा अंग प्रत्यारोपण प्रभावकारी भएन

काठमाण्डौं, ११ साउन । विदेशी मुलुकहरुमा अंग प्रत्यारोपण निकै महंगो उपचार पद्धति मानिन्छ । हाम्रै छिमेकी मुलुक भारतमा मृगौला प्रत्यारोपण गर्न एक पटकको २५ लाख भारु लाग्ने गर्छ । तर सोही मृगौला प्रत्यारोपण नेपालमा भने १५ लाख रुपैयाँमा हुने गरेको छ।
त्यस्तै, कलेजो प्रत्यारोपण पनि विदेशमा झण्डै एक करोड नेपाली रुपैंयाँ लाग्छ तर नेपालमा भने २० देखि २५ लाख रुपैंया मै हुन सक्ने भएपनि उचित ज्ञान र जानकारीको अभावमा नेपालमा यो पद्धति लोकप्रिय भने हुन सकेको छैन ।

मानिसको मृत्यु पश्चात शरिरका विभिन्न ८ अंग जिउँदो मानिसमा प्रत्यारोपण गर्न सकिन्छ तर अंग दान सम्बन्धि जनचेतना र ज्ञानको अभावमा यसको उचित प्रयोग हुन सकेको छैन ।भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकार चन्द्र श्रेष्ठले आफ्नो मृत्युपश्चात काम लाग्ने अंगहरु आँखा, कलेजो, मृगौला र अन्य ५ अंग दान गरिसकेका छन् तर त्यहाँ आउने विरामीहरु पनि आफ्नो अंग दान गर्न नमान्ने गरेको अनुभव उनको छ।

‘यहाँ आउनुहुने विरामीहरुले पनि मृत्यु पश्चात अंग प्रत्यारोपण गर्न मिल्ने र यसले अरुलाई सहयोग गर्छ भन्ने बुझे पनि यो कुरालाई स्वीकार्नु हुन्न कार्यकारी निर्देशक श्रेष्ठले भने, विरामीका आफन्तले पनि अंग दान गर्न नदिने अडान लिने गर्छन र उनीहरुको मृत्यु पश्चात अरुले जीवनदान पाउने अवसरबाट बञ्चित हुने अवस्था छ । ’

शरिरमा रहेका प्रत्यारोपण गर्न मिल्ने तर निकै जटिल मानिएको कलेजो प्रत्यारोपणको लागि नेपालमा २०७३ मा मानव अंग प्रत्यारोपण नियमावली आएसंगै बाटो खुल्यो । उक्त नियमावलीले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएका मानिसको अन्य ७ अंग प्रत्यारोपणको लागि बाटो खुलाई दिएको थियो ।अहिले पनि नेपालमा वर्षेनी करिब एक हजार मानिसमा कलेजोको समस्या देखिने गरेको अनुमान गरिएको छ तर अंग दान गर्नेको संख्या भने केही दर्जन मात्रै छन् ।

विसं २०७३ मंसिर २२ गतेबाट सुरु भएको यो शल्यक्रिया अहिले सम्म आइपुग्दा जम्मा ३ जनाको मात्र गरिएको छ । तीन जनामा गरिएको प्रत्यारोपण शतप्रतिशत सफल भएको छ । अहिले पनि १६ जना प्रत्यारोपणको लागि प्रक्रिया पुरा गर्दै छन् भने २ जना प्रत्यारोपणको लागि मिति कुरेर बसिरहेको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x