Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

राष्ट्रियतामा आधारित डिबेञ्चर: राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत ब्याजदरमा नयाँ ऋणपत्र ल्याउँदै

राष्ट्रियतामा आधारित डिबेञ्चर: राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत ब्याजदरमा नयाँ ऋणपत्र ल्याउँदै

काठमाडाैं, २७ चैत्र । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानीकर्ताका लागि नयाँ अवसर ल्याउँदै ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ सार्वजनिक निष्काशन गर्ने भएको छ। आगामी बैशाख ७ गतेदेखि यो ऋणपत्रमा आवेदन दिन सकिनेछ।

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरिनेछ। बैंकले १ हजार रुपैयाँ अंकित मूल्य रहेको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल मूल्य २ अर्ब ५० करोड रुपैयाँ हुन्छ।

यसमा ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तर्फ र ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण तर्फ छुट्याइएको छ। सर्वसाधारणको हिस्सा भित्र पनि ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा सबै कित्तासम्म आवेदन दिन सक्नेछन्। यो ऋणपत्र निष्काशन छिटोमा बैशाख १० गते र ढिलोमा बैशाख २१ गते सम्म खुला हुनेछ।

ऋणपत्र निष्काशन तथा बिक्रीको प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले ‘CARE NP A+’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व बहन क्षमतामा विश्वासिलो स्थिति रहेको देखाउँछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *