Date

मङ्ल, बैशाख २, २०८२
Tue, April 15, 2025

बैंकिङ प्रणालीमा तरलता नियन्त्रण : राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप तान्दै

बैंकिङ प्रणालीमा तरलता नियन्त्रण : राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप तान्दै

काठमाडाैं, २७ चैत्र । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन गर्न बुधबार २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल प्रणालीमार्फत २१ दिनको अवधिका लागि निक्षेप तान्ने तयारी गरेको हो। यस प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले भाग लिन सक्नेछन्।

बोलकबोल प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरूले आ-आफ्नो ब्याजदर प्रस्ताव गर्न सक्नेछन् भने बहुबोलकबोलको सुविधा पनि उपलब्ध हुनेछ। राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।

बैंकहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव गर्न सक्नेछन्, तर प्रस्तावहरू निःशेष भागमा मिल्नुपर्नेछ। संकलित निक्षेप धितोको रूपमा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग गर्न मिल्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x