अन्तर्राष्ट्रिय मुद्राको कारोबारमा उतारचढाव : आजको लागि राष्ट्र बैंकले तोकेको नयाँ विनिमयदर

काठमाडाैं, २७ चैत्र । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही उतारचढाव देखिएको छ। बैंकका अनुसार एक यूके पाउन्ड स्टर्लिंगको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ भने अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ। युरोपेली युरोको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा तोकिएको छ। स्विस फ्रान्कको दर पनि क्रमशः १६१ रुपैयाँ ०३ पैसा खरिद र १६१ रुपैयाँ ७३ पैसा बिक्री कायम भएको छ।
त्यस्तै अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ २ पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानाडियन डलरको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर १०१ रुपैयाँ ९९ पैसा खरिद र १०२ रुपैयाँ ४३ पैसा बिक्रीदरमा कारोबार भइरहेको छ। जापानी येन (१०० येन) को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ।
खाडी राष्ट्रहरूतर्फ साउदी रियलको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियलको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, युएई दिरहमको खरिददर ३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। कुवेती दिनार ४४७ रुपैयाँ १९ पैसा खरिददर र ४४९ रुपैयाँ १४ पैसा बिक्रीदरमा रहेको छ भने बहरैनी दिनारको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा तोकिएको छ। ओमानी रियालको दर भने खरिदका लागि ३५७ रुपैयाँ ७६ पैसा र बिक्रीका लागि ३५९ रुपैयाँ ३२ पैसा रहेको छ।
यसैगरी, थाई भाट, मलेसियन रिङ्गिट, दक्षिण कोरियन वान, स्वीडिश क्रोनर, डेनिस क्रोनर र हङकङ डलरको विनिमयदरमा पनि सानोतिनो हेरफेर भएको छ।