Date

मङ्ल, बैशाख २, २०८२
Tue, April 15, 2025

‘सुनमा सुन थपियो’: नेपाली बजारमा ऐतिहासिक मूल्य उकासियो

‘सुनमा सुन थपियो’: नेपाली बजारमा ऐतिहासिक मूल्य उकासियो

काठमाडाैं, २९ चैत्र ।  नेपाली बजारमा सुनको मूल्यले आज पुनः इतिहास रच्दै नयाँ शिखर छोएको छ। लगातार उकालो लाग्दै आएको सुनको दरले शुक्रबार थप उचाइ प्राप्त गर्दै प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रुपैयाँले उकालो लाग्दै १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आज त्यसको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।

सुनको मूल्यले पछिल्लो समय नियमित रूपमा नयाँ रेकर्ड कायम गर्दै आएको छ। मूल्य वृद्धिसँगै बजारमा यसको प्रत्यक्ष असर देखिन थालेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x