Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ५ वैशाख । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ९२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा अहिले बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । शेयर किन्नेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

शेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x