३३ प्रतिशत बोनस दिने भयो एभरेष्ट बैंकले, ८.१२ अर्ब पुग्ने भयो चुक्ता पुँजी
काठमाडौं, १ मंसिर । एभरेष्ट बैंकले लगानीकर्तालाई ३४.७४ प्रतिशत लाभांश दिने भएको छ । गत वर्ष भारी बोनस शेयर र हकप्रद शेयर दिएको एभरेष्टले यसपटक ३३ प्रतिशत बोनस शेयर र १.७४ प्रतिशत करप्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले गत आवमा जारी गरेको हकप्रद शेयर हालै मात्र नेप्सेमा सुचीकृत भएको हो । हकप्रद सुचीकृत भएपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड पुगेको छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १२ करोड पुग्नेछ । एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ खु्द नाफा गरेको थियो ।
हालै सम्पन्न साधारण सभाले कुनै वाणिज्य बैंकलाई एभरेष्ट बैंकमा विलय गराउने प्रस्ताव पारित भएपछि सञ्चालनमा रहेको कुनै वाणिज्य बैंक आफूमा विलय गराएर बोनस शेयर कम पाउने आंशका गरिएको थियो । विशेषगरी लक्ष्मी बैंकलाई आफूमा गाभ्ने प्रस्तावमा धेरै कुरा अघि बढेपनि अन्तमा स्वाप रेसियोमा कुरा नमिलेपछि बैंक सञ्चालक समिति आफै बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब पु¥याउने अभियानमा लागेको हो ।