Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले माग्यो आईडल यमुना सहकारीको तालाचाबी माग्यो

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले माग्यो आईडल यमुना सहकारीको तालाचाबी माग्यो

काठमाडौं, १० वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तालाचाबी मागेको छ । समस्याग्रस्त घोषणा भएको श्री आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँ बजार (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था)को सम्पूर्ण काजजातसहितको तालाचाबी मागेको हो ।

यस सहकारी सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०८१ चैत्र १९ गतेको निर्णयबाट समस्याग्रस्त घोषणा भएको थियो । यस सहकरीको सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापक तथा कर्मचारीको अधिकार स्वतः निलम्बन भएका छन् ।

सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरू यस समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न समितिले भनेको छ । साथै कुनै पनि कारोबार नगर्न तथा नगराउन समितिले सूचना मार्फत जनाएको छ ।

ऋणीहरूले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न र साविक सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूसँग कुनै पनि कारोबार नग समितिले आग्रह गरेको छ । बचतकर्ताहरूले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भए पछि यस समितिसमक्ष निवेदन पेश गर्न समेत भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *