Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सानिमा बैंकमार्फत चिरायु अस्पतालमा डिजिटल भुक्तानीमा १०% छुट

सानिमा बैंकमार्फत चिरायु अस्पतालमा डिजिटल भुक्तानीमा १०% छुट

काठमाडाैं, ९ भदाै । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहित गर्दै बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ।

यस योजना अनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (टच स्क्यान) मार्फत भुक्तानी गर्दा वेड, डाइग्नोस्टिक शुल्क र फार्मेसी बिलमा १० प्रतिशतसम्म छुट पाउने सुविधा उपलब्ध छ।

बैंकले ग्राहकलाई डिजिटल भुक्तानीको अधिकतम प्रयोग सुनिश्चित गर्न विभिन्न अफर र छुटहरू प्रदान गर्दै आएको जनाएको छ। छुट सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट सानिमा बैंक अफर पेज मा उपलब्ध छ।

सानिमा बैंकले देशभर सातै प्रदेशमा १३४ कार्यालय र १२७ ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *