Date

आइत, जेष्ठ १८, २०८२
Sun, June 1, 2025

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

काठमाडौँ, १० वैशाख । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते संसदमा पेस हुने भएको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको हो। सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो ।

विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा हुने गरेको भए पनि अब सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण हुने तयारी गरिएको छ ।

बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *