शेयर बजारमा पहिरो, २१७ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं, १० वैशाख । बुधबार शेयरबजारमा पहिरो गएको छ । यस दिन बजार मापक परिसूचक नेप्से ३२.४४ अंकले घटेर २६५५ को बिन्दुमा पुगेको छ । बुधबार बजार खुलेदेखि लगातार घटेको बजार तीन बजे बजार बन्द हुँदासम्म घट्यो ।
शेयरबजारमा पहिरो गएको दिन २१७ कम्पनीका लगानीकर्ताले पुँजी गुमाएका छन् । यस्तै २८ कम्पनीको शेयरमूल्य भने बढेको छ । यस दिन माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लेभलमा वृद्धि भएको छ ।
यस्तै कोअपरेट डेभलोपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । यस दिन ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।