Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

हयात होटल प्रकरणमा प्रधानमन्त्री कार्कीको चासो, सेवा पुनः सञ्चालन गर्न सरकारको आश्वासन

हयात होटल प्रकरणमा प्रधानमन्त्री कार्कीको चासो, सेवा पुनः सञ्चालन गर्न सरकारको आश्वासन

काठमाडाैं, ८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको पाँचतारे हयात रेजेन्सी होटलका सेवा स्थगित र कर्मचारीलाई प्रवेश निषेध गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको चासोपछि आज बिहान अर्थमन्त्री रमेश्वर खनालले हयात होटलको व्यवस्थापनसँग प्रत्यक्ष सम्वाद गर्दै घटनाको विस्तृत जानकारी लिएका छन्।

 सरकारको सुरक्षा आश्वासन

संवादका क्रममा अर्थमन्त्री खनालले हयात व्यवस्थापनलाई पूर्ण सुरक्षा सुनिश्चित गर्ने सरकारको तयारी भएको जनाउँदै तत्काल सेवा सञ्चालनमा फर्किन आग्रह गरेका छन्।

खनालले भने, “आत्तिनुपर्ने कुनै कारण छैन। उच्च मनोबलका साथ सेवा पुनः सुरु गर्नुहोस्। सरकार तपाईंसँगै छ। आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गरिनेछ। व्यवसाय निरन्तर सञ्चालन गर्नुहोस्।”

सरकार–होटलबीच पुनः छलफल

हयात होटलको सेवामा स्थगन आएको कारणबारे अहिले विभिन्न अड्कलबाजी भइरहेका छन्। यसै विषयमा थप जानकारी र समाधानका लागि सरकार र होटल व्यवस्थापनबीच आइतबार पुनः औपचारिक बैठक हुने अर्थ मन्त्रालयले जनाएको छ।
सो बैठकमा होटलका सञ्चालन, श्रम व्यवस्थापन, र सुरक्षासम्बन्धी सम्भावित जोखिमबारे छलफल हुनेछ।

पृष्ठभूमि

हयात होटलले केही दिनअघि आन्तरिक व्यवस्थापन कारण देखाउँदै सेवा अस्थायी रूपमा रोकिएको र कर्मचारीको प्रवेशमा प्रतिबन्ध लगाइएको सूचना जारी गरेको थियो।

सो घटनापछि होटलका कर्मचारीहरू र पर्यटन क्षेत्रका सरोकारवालामाझ चिन्ता र असन्तुष्टि देखा परेको थियो। प्रधानमन्त्री कार्यालयले जनाएको छ कि सरकारले पर्यटन क्षेत्रको स्थायित्व र लगानी सुरक्षामा कुनै प्रकारको जोखिम नआओस् भनेर प्रतिवद्धता जनाएको छ।

सरकारको तर्फबाट हयात व्यवस्थापनलाई दिइएको यो आश्वासनपछि होटलले चाँडै सेवा पुनः सुरु गर्ने संकेत दिएको बताइन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *