Date

शुक्र, बैशाख १२, २०८२
Fri, April 25, 2025

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, ७ अर्ब ८७ करोडको कारोबार

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, ७ अर्ब ८७ करोडको कारोबार

काठमाडौं, ११ वैशाख । लगातारको चार दिनको गिरावपछि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले बढेर २६५८.९४ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से ३२.३८ अंकले घटेको थियो भने मंगलबार ९.९६ अंक, सोमबार ७.७५ अंक र आइतबार १६.६८ अंकले संकुचित बनेको थियो । बिहीबार नेप्सेमा कुल ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल हाइड्रा डेभलपर्सको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *