Date

बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक, १५ दिनभित्र विवरण पेस गर्नुपर्ने

भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक, १५ दिनभित्र विवरण पेस गर्नुपर्ने

काठमाडौं, ११ वैशाख । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ ।

लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागले ननफाइलर अवधि ६ महिना कटेका करदाताको विवरण आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्दै १५ दिनभित्र कर विवरण पेस गरी कारोबार नियमित गर्न भनेको छ ।

वेबसाइटमा नाम सार्वजनिक भएका करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरी यस्तो विवरण बुझाउन सक्ने भएका छन् ।

यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी छन् । नेपालमा भ्याट दर्ता हुने करदाता संख्या साढे ३ लाख हाराहारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *