Date

बिहि, बैशाख १८, २०८२
Thu, May 1, 2025

आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा जुट्यो गण्डकी प्रदेश

आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा जुट्यो गण्डकी प्रदेश

गण्डकी, १७ वैशाख । गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफलमा व्यस्त छ । जस अन्गर्तत नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको छ ।

मन्त्रालयले निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल गरिरहेको छ । आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्ने तयारीमा मन्त्रालय अगाडि बढेको छ । मन्त्रालयले यतिबेला बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव संकलन गरिरहेको छ ।

छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएका छन्।

गण्डकीमा चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने अनुमान गरिएको छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *