८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडौं, १७ वैशाख । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले घटेको छ । आज नेप्से ०.३० प्रतिशतले घटेर २६२३.८३ विन्दुमा पुगेको छ ।
आज नेप्से घट्दा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७७७ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये हाइड्रोपावर, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढको छ भने बाँकी अरु सबै समूह घटेको छ । आज बसैभन्दा बढी हाइड्रो समूह ०.६१ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी फाइनान्स समूह १.२४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा ०.०७ प्रतिशतले घटेको छ ।