Date

मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

बिहिबार सुन–चाँदीको भाउमा एकैदिन ठूलो गिरावट, व्यवसायी चकित

बिहिबार सुन–चाँदीको भाउमा एकैदिन ठूलो गिरावट, व्यवसायी चकित

काठमाडाैं, १८ वैशाख । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) भारी मूल्य गिरावट देखिएको छ। बुधबार मात्र सात सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार थप ४ हजार ६ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएको छ। यो बुधबारको मूल्य १ लाख ८८ हजार १ सय रूपैयाँ भन्दा ४,६०० रूपैयाँ कम हो। दुई दिनको अन्तरालमा सुनको मूल्यमा ५,३०० रूपैयाँको गिरावट आएको हो, जुन हालसालैको सबैभन्दा ठूलो गिरावटमध्ये एक हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला १,९१५ रूपैयाँ पुगेको छ, जुन बुधबारको १,९६५ रूपैयाँको तुलनामा ५० रूपैयाँले कम हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *