Date

आइत, बैशाख २१, २०८२
Sun, May 4, 2025

‘सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने’

‘सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने’

काठमाडौ, १९ वैशाख ।  सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन् ।

आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’

त्यस्तै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए ।

उनले भने,‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’

आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *