सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयन गर्ने

काठमाडौं, १९ वैशाख । सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयन गर्न कानूनी नीतिगत र प्रक्रियागत सुधार गरिने छ, नवीकरणीय ऊर्जाको रूपमा शौर्य बायु, हाइड्रोजन उत्पादनको विकास गरिने भइएको छ,’ उनले भने ।
यस्तै, सुख्खा याममा समेत विद्युत आपूर्तिको मागलाई सम्बोधन गरी ऊर्जा सुरक्षाको कायम गर्न विद्युत उत्पादनको लागि उपयुक्त मोडल बनाउने पौडेलले जानकारी दिएका छन् ।