प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चारकर्मीहरूलाई शुभकामना

काठमाडाैं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पत्रकार तथा पत्रकारिता क्षेत्रमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई शुभकामना दिए।
प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा गोरखापत्र पढ्दै गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “आज गोरखापत्रको स्थापना दिवस हो। गोरखापत्र १९५८ साल बैशाख २४ गते (१९०१ मे ६) मा स्थापना भएको थियो। आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मनाइन्छ। सम्पूर्ण पत्रकार साथीहरू र पत्रकारितामा संलग्न सबैलाई शुभकामना।”
गोरखापत्र नेपालकै सबैभन्दा पुरानो पत्रिका हो। यसको स्थापना १९०१ मा भएको थियो र यसले नेपालमा पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको छ। अहिले यो पत्रिका दैनिक रूपमा प्रकाशन हुँदै आएको छ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पत्रकारिताको जिम्मेवारिता र दायित्वलाई सम्झन आग्रह गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा सबै पक्षहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।