Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

संघीय संसद्का चार समिति आज बैठकमा, वैदेशिक भ्रमणदेखि भ्रष्टाचारको वार्षिक प्रतिवेदनमा छलफल

संघीय संसद्का चार समिति आज बैठकमा, वैदेशिक भ्रमणदेखि भ्रष्टाचारको वार्षिक प्रतिवेदनमा छलफल

काठमाडाैं, २४ वैशाख ।  संघीय संसद्का चार फरक समितिहरू आज विभिन्न विषयमा छलफल गर्न बैठकमा बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, संघीय सशक्तीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायी व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित कानून समिति आजको बैठकमा सामेल छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ८:४५ बजे सिंहदरबारमा बस्नेछ। यस बैठकमा वैदेशिक मामिला मन्त्री र सचिवसँग वैदेशिक भ्रमण तथा अन्य समसामयिक विषयमा छलफल गरिनेछ।

संघीय सशक्तीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। यस बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को ३४औं वार्षिक प्रतिवेदनको समीक्षा गरिनेछ।

विधायी व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजे तोकिएको बैठक कक्षमा बस्नेछ। यस बैठकमा जलयान (सञ्चालन र व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित कानून समितिको बैठक पनि बिहान ११:३० बजे बस्नेछ। उक्त बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण कार्यको अनुगमनमा केन्द्रित छलफल गरिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *